Biratnagar, Morang, Nepal
२६ जेठ २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

वातावरणीय सेवा केन्द्रलाई सामग्री हस्तान्तरण

उद्‌घोष संवाददाता
२६ जेठ २०८३, मङ्गलवार

विराटनगर । मोरङ उद्योग व्यापार संघको हातामा सञ्चालित नेपाल वातावरण सेवा केन्द्रको प्रयोगशालाका लागि विराटनगर महानगरपालिकाले एक लाख बराबरको सामग्री हस्तान्तरण गरेको छ । 

मोरङ उद्योग ब्यापार संघका अध्यक्ष अनुपम राठी र बरिष्ठ उपाध्यक्ष अनिल साहको उपस्थितिमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले प्रयोगशाला प्रमुख निशा वाल्मिकीलाई एक लाख बराबरको विभिन्न रसायन, प्रिन्टर र अनलाइन यूपीएस लगायतका सामग्री हस्तान्तर गरेका हुन् ।

मेयर कोइरालाले प्रयोगशालाको स्तरोन्नतीका लागि महानगरले सहयोग गर्ने उल्लेख गर्दै यो स्तरको परीक्षण प्रयोगशाला विराटनगरमा हुनु महत्वपूर्ण उपलब्धि भएको बताए ।

सन् २००२ मा फिनल्याण्ड सरकारको सीमएन आयोजना अन्तरगत औद्योगिक, घरेलु तथा कृषि क्षेत्रलाई समेटेर पानी, माटो, हावा, ध्वनी र खाद्यान्न प्रदुषणको मापन गर्न करिब तीन करोडको लागतमा प्रयोगशाला स्थापना गरिएको थियो ।

सुनसरी मोरङ औद्योगिक करिडोरका विभिन्न उद्योगहरु तथा निजी क्षेत्रले आवश्यक ठानेको परीक्षण प्रयोगशालाले गर्दै आएको प्रयोगशालाका प्रशासन प्रमुख सुरज सापकोटाले जानकारी दिए । 
प्रयोगशालामा अहिले बार्षिक रुपमा ५ सय भन्दा बढी नमूनाहरुको परीक्षण गरिदै आएको छ । 

सीमएन आयोजनाको काम सकिएपछि मोरङ उद्योग ब्यापार संघ, झापा, मोरङ, सुनसरीका जिल्ला समन्वय समिति र विराटनगर महानगरपालिका सञ्चालक समिति सदस्यहरु छन् । 

प्रयोशाला प्रमुख वाल्मिकीका अनुसार नेपाल सरकारको खानेपानीको परीक्षण मार्गनिर्देशन अन्तरगत २६ किसिमको परीक्षण गरिदै आएको छ । त्यस्तै खेरजाने पानीको जेनेरिक स्टाण्डर्ड १, २ र ३ परीक्षण हुन्छ ।

त्यसैगरी वायूको गुणस्तर, ध्वनीको गुणस्तर, माटोको परीक्षण गरिदै आएको छ भने मलखादको पनि परीक्षण गरिन्छ । त्यसैगरी खाद्य बस्तुहरु चाउचाउ र विस्कुटको पनि परीक्षण हुने गरेको छ ।

View : 116

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved