Biratnagar, Morang, Nepal
३० भदौ २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह चयन

उद्‌घोष संवाददाता
२८ भदौ २०८३, आइतवार

Advertisement

विराटनगर । मोरङ उद्योग व्यापार संघको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । संघको अध्यक्षमा अनिल कुमार साह चयन भएका छन् ।

साहको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको जनाइएको छ । साह वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष थिए । संघको विधान अनुसार बरिष्ठ उपाध्यक्ष नै अर्कोपटक स्वत: अध्यक्ष हुने व्यवस्था अनुसार ३५ औं कार्यकारिणी समितिको अध्यक्षमा चयन भएका हुन् ।

साह देशकै सबैभन्दा जेठो उद्योग वाणिज्य संघका रुपमा रहेको साविकको मोरङ व्यापार संघबाट मोरङ उद्योग व्यापार संघ नामाकरण भएपछिको दोस्रो अध्यक्ष चयन भएका छन् ।

संघको सबै पदमा सहमतिका आधारमा उम्मेदवारी परेपछि मतदान भने भएन । 

संघको वरिष्ठ उपाध्यक्षमा अनिल सारडा चयन भएका छन् । वाणिज्यतर्फको उपाध्यक्षमा विकास कुमार बेगवानी र उद्योगतर्फको उपाध्यक्षमा संजय कुमार श्रेष्ठ रहेका छन् । यस्तै, महासचिवमा अमित कुमार शारडा तथा सचिवमा अमित राठी र दीपेश सुवेदी चयन भएका छन् ।

कोषाध्यक्षमा विनीत सिंघानिया र सह–कोषाध्यक्षमा मनिष कुमार मारु रहेका छन् । प्रवक्ताको जिम्मेवारी सुशील सुरानाले पाएका छन् ।

कार्यसमिति सदस्यतर्फ राजेश कुमार अग्रवाल (आर्थिक समिति संयोजक समेत) विवेक कुमार अग्रवाल, अन्वित घिमिरे, पवन राठी, देवाशिष गोल्छा र बेदान्त जाजु रहेका छन् ।

त्यस्तै, आइतबार नै डा. बन्दना जैन, लोकेश टिवडेवाला, धिरज मोहता र ओमप्रकाश शर्मा सदस्यमा मनाेनित भएका छन् ।

संघले पाँच जनालाई आमन्त्रित सदस्यसमेत मनोनयन गरेको छ । आमन्त्रित सदस्यमा डा. दिपेन्द्र नोलखा, अमित अग्रवाल, श्रुति शर्मा, पंकज दुगड र विकास अग्रवाल रहेका छन् ।

त्यसैगरी संघअन्तर्गतको महिला उद्यम समिति पनि गठन गरिएको छ । समितिको संयोजकमा साधना झा र सह–संयोजकमा जीना श्रेष्ठ रहेका छन् ।

नयाँ कार्यसमितिले आगामी कार्यकालमा मोरङको उद्योग तथा व्यापार क्षेत्रका समस्या समाधान, निजी क्षेत्रको प्रवर्द्धन र व्यवसायीका हकहितका विषयमा काम गर्ने अपेक्षा गरिएको छ ।

वि.सं. २००८ सालमा स्थापित संघले स्थापनाको ७५ वर्ष पुरा गरिसकेको छ । यसका  अधिकांश नेतृत्व सर्वसम्मत रूपमै चयन हुँदै आएका छन् ।

संघको संस्थापक अध्यक्ष शोभाचन्द्र पटवारी हुन् । त्यसपछि दोस्रो अध्यक्ष गजाधर गोयन्काले तीन कार्यकाल संघको नेतृत्व लिएका थिए । 

कार्यसमितिको नामावली

View : 167

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved