Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

इलामको सन्दकपुरमा हाइड्रोको पेनस्टोक पाइप बिस्फोट

उद्‌घोष संवाददाता
७ वैशाख २०८३, सोमवार

विराटनगर । इलाममा हाइड्रोपावरको पेनस्टोक पाइप बिस्फोट भएको छ । सन्दकपुर गाउँपालिका–४ माबुमा पञ्चकन्या हाइड्रोपावरको पेनस्टोक पाइप बिस्फोट भएको हो ।

पाइप बिस्फोट भएपछि पाइपबाट पानी बाहिर गएको छ । 

सन्दकपुर–४ का वडाध्यक्ष ढालबहादुर गुरुङले पाइप फुटेको जानकारी दिए । उनले हाइड्रोको पेनस्टोक सफा गर्ने भल्व रहेको स्थानमा फुटेर स्थानीय खोल्सी हुँदै पानी माइखोलामा झरेको जानकारी दिए ।

उनले फुटेको स्थानबाट तल कुनैपनि बस्ती नभएकोले मानवीय क्षतिको जोखिम भने नरहेको बताए । १२ मेगावाट क्षमताको पञ्चकन्या ग्रुप प्रवद्र्धित अपर माइ हाइड्रोपावरको क्यासकेड आयोजना अपर माई क्यासकेड हाइड्रोपावर (६.१ मेगावाट) आयोजनाको पाइप फुटेको जनाइएको छ ।

View : 151

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved