Biratnagar, Morang, Nepal
२२ जेठ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

फहद एपरिल्स गार्मेन्टको शाखा विस्तार

उद्‌घोष संवाददाता
२१ जेठ २०८३, बिहिवार

विराटनगर । विराटनगर–६ स्थित फहद एपरिल्सले आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । 

प्रधानमन्त्री बालेन शाहले लगाएको ट्राउजर बनाउन शुरू गरेपछि देशब्यापी रूपमा चर्चित सो गार्मेन्टले उपभोक्ताको माग धान्न नयाँ शाखा बिस्तार गरेको हो । 

सो गार्मेन्टले नयाँ मेशिन तथा कर्मचारीहरू थप गरि झण्डै ४० लाखको लगानीमा शनिमन्दिर चोकको पश्चिमपट्टि आफ्नो नयाँ शाखा विस्तार गरेको हो । 

गार्मेन्टको विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्की र सञ्चालक राजदा खातुनले उद्घाटन गरे । 

गार्मेन्टका ब्यवस्थापक मोहम्मद नसरूलले तयारी पोशाकको पर्याप्त माग आउन थालेपछि शाखा बिस्तार गरिएको बताए सो उद्योगले विराटनगर महानगरपालिका, संयुक्त राष्ट्रसंघीय जनसंख्या कार्यक्रम (युएनएफपीए) र ओरेक नेपालसँग सहकार्य गर्दै १ सय ५ जना महिलालाई ५५ दिने तालिम दिइरहेको छ ।

तालिम समापनपछि योग्यलाई सो गार्मेन्टले रोजगारी समेत दिने जनाइएको छ । 

सो गार्मेन्टमा कार्यरत झण्डै २ सय कामदारमा ९९ प्रतिशत महिलाहरू छन् । 

View : 85

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved