Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

कोशी प्रदेशका ५ जिल्लामा टेलिमेडिसिन सेवा शुरु

उद्घोष सम्वाददाता
२३ चैत २०८०, शुक्रवार

विराटनगर । कोशी प्रदेश सरकारले ५ जिल्लामा दुर चिकित्सा (टेलिमेडिसिन सेवा) शुरु गरेको छ । ५ वटा अस्पतालमा बिहीबारदेखि सेवा शुरु गरिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर वस्नेतले जानकारी दिए ।

कोशी प्रदेशका सोलुखुम्वु, खोटाङ, ओखलढुङ्गा, ताप्लेजुङ र तेह्रथुम जिल्लाका ५ अस्पतालमा टेलिमेडिसिन सेवा उपलब्ध हुने निर्देशक बस्नेतले बताए । टेलिमेडिसिन सेवाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिहीबार स्वास्थ्य मन्त्री प्रदीपकुमार सुनुवारले शुभारम्भ गरे । टेलिमेडिसिन सेवामा बाल रोग, प्रसूती, जनरल, छाला र मनोचिकित्सा सेवा उपलब्ध हुने निर्देशक बस्नेतले जानकारी दिए ।

 वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विज्ञहरुको सहयोगमा लक्षण र चिन्हका आधारमा गाउँ–गाउँमा दुर चिकित्सा सेवा पुर्‍याइने गरी सेवा शुरु गरिएको मन्त्री सुनुवारले बताए । सेवा शुभारम्भसँगै दुर्गम क्षेत्रका जनताले घरमै बसी–बसी विशेषज्ञ सेवा प्राप्त गर्ने मन्त्री सुनुवारले बताए ।

View : 74

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved