विराटनगर । भारतको पश्चिम बंगालमा भएको निर्वाचनको परिणामकोे असर नेपालका लागि चुनौतीको विषय बनेको छ । भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार सुभेन्दु अधिकारीले ममता बेनर्जीको विरासत टुटाउँदै जीत हात पारेका छन् ।
हिन्दु राष्ट्रवादी भाजपाले जीतेसँगै त्यहाँको भारत–बंगलादेशको सीमामा बस्दै अँएका रोहिंग्या शरणार्थीमा त्रास फैलिएको आशंका बढेको बताइन्छ ।
उनीहरू त्यो त्रासका कारण नेपालतिर आउने अनुमान गरिएस“गै नेपाल–भारतको जोगबनी सीमामा कडाइ गरेको नेपाली प्रशासनले बताएको छ ।
शनिबार मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसहितको संयुक्त सुरक्षा टोली जोगबनी सीमा नाकामा अनुगमन गरी कडाइ गर्न निर्देशन दिएको छ ।
आइतबारदेखि भारतबाट नेपाल प्रवेश गर्ने प्रत्येकले आधिकारिक कागजातसहित मात्रै प्रवेश गर्न पाउने व्यवस्था लागू गरिएको छ ।
कागजातबिहीन जो कोहीलाई पनि नेपाल प्रवेश गर्न नदिने प्रशासन स्रोतले बताएको छ ।
सुरक्षा चुनौतीको विषय देखाउँदै प्रजिअ कट्टेलसहितको टोलीले सो निर्देशन दिएको हो ।
लागूऔषध ओसारपसार गर्ने तस्करहरु मौलाएकोले सीमामा कडाइ गर्नु परेको मोरङका सहायक जिल्ला अधिकारी सरोज कोइरालाले बताए ।
भारतीय सञ्चार माध्यम ‘जी न्यूज’ मा बंगलादेशले भारत–बंगलादेशको सीमामा बसोबास गर्ने रोहिंग्या शरणार्थी अहिलेको नवगठित सरकारदेखि एकदमै डराएको दावी गरेको छ ।
भारत–बंगाल सीमा क्षेत्रमा बसोबास गर्दै आएका रोहिंग्या शरणार्थीसँग कुनै आधिकारिक कागजपत्र नभएको बताइन्छ ।
त्यसैले उनीहरु त्यहाँको नवनिर्वाचित सरकारबाट पेलिने डरले नेपाल प्रवेश गर्ने खतरा बढेको बताइन्छ ।
नेपाल–भारत सीमावर्ती जिल्लाको फाइदा उठाउँदै कैयौं रोहिंग्या शरणार्थी नेपाल प्रवेश गर्ने गरेका छन् ।
काठमाडौं लगायतका जिल्लामा अहिले पनि ती शरणार्थी बसोबास गर्दै आएका छन् ।
View : 296
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved