Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

गर्मी भगाउने ‘गोटी सोडा’ विराटनगरमा

उद्‌घोष संवाददाता
१२ वैशाख २०८३, शनिवार

Advertisement

विराटनगर । गर्मी मौसममा अन्य पेय पदार्थभन्दा सोडा फाइदाकर हुने भन्दै पाँच युवा उद्यमीहरूले विराटनगरमा ‘गोटी सोडा’ क्याफे सञ्चालनमा ल्याएका छन् । 

विराटनगर–७ गोल्छा रोड दक्षिणमा विभिन्न १३ प्रकारका स्वादमा सोडा पिउन पाइने व्यवस्थासहितको सोडा क्याफे सञ्चालनमा ल्याइएको हो ।

गोटी सोडाका सञ्चालक मध्येका अनुप गजुरेलले परम्परागत रुपमा चिसो पेयपदार्थ पिउने भन्ने वित्तिक्कै कोक फेन्टा जस्ता पेय पदार्थमात्रै बुझिने अवस्था रहेकोमा अहिले युवा व्यवसायीहरूबीचको सहकार्यमा सोडा खाने संस्कृतिको विकास गरिएको बताए ।

‘अन्य पेयपदार्थभन्दा स्वास्थ्यका हिसावले सोडा राम्रो हुन्छ, नेपालकै प्रविधिबाट उत्पादन गरेर नेपाली युवाहरूले अहिले सोडा पिउने वातावरण बनाउँदै लगेका हौं’ गजुरेलले भने, ‘पाँचजनाले झण्डै ३० लाख रुपैयाँ लगानी गरेका छौं, कोशी प्रदेशमा विराटनगरपछि इटहरी र दमक लगायतका शहरमा पनि विस्तार गर्ने तयारीमा छौं ।’

सोडा क्याफेरमा एक्लै वा धेरै व्यक्तिहरू बसेर पारिवारिक वातावरणमा सोडा पिउन सकिने उनले बताए । साथै, महेन्द्रचोकमा पनि आउटलेट सञ्चालन भइसकेको बताए ।

लगानीकर्ता समुहमा गजुरेलसहित दिपेन्द्र खुलाल, जनक श्रेष्ठ, सन्देश बस्नेत र उमेश तिवारी छन् । तिवारीले क्याफे खुलेको एक साताभित्रै सोडा खान मन पराउनेहरू दोहोर्याएर आउन थालेको जानकारी दिए । 

आफू झण्डै १२ बर्ष विदेशमा काम गरेर अब नेपालमै केही गरौं भनेर सोडा क्याफे सञ्चालन गरेको बताए । क्याफेमा वातानुकुलित रुपमा बसेर सोडा पिउन सकिने उनले जानकारी दिए ।

View : 243

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved