Biratnagar, Morang, Nepal
८ भदौ २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

उद्‌घोष संवाददाता
७ भदौ २०८३, आइतवार

Advertisement

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जीपीके फाउन्डेसन अमेरिकाले न्युयोर्कको कुइन्सस्थित उडसाइडमा रहेको आफ्नै कार्यालयमा भव्य स्वागत गरेको छ । 

फाउन्डेसनले महामन्त्री घिमिरेसहित उनकी धर्मपत्नी मीरा घिमिरेलाई सम्मानसहित स्वागत गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री घिमिरेले विश्वका विभिन्न मुलुकमा नागरिकता लिएर बसोबास गरे तापनि प्रवासी नेपालीहरूले आफ्नो मातृभूमिको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउन सक्ने बताए । 

क्यानडालगायतका देशहरूको उदाहरण प्रस्तुत गर्दै उनले विदेशमा आर्जन गरेको ज्ञान, सीप, अनुभव र स्रोतलाई नेपालको हितमा सदुपयोग गर्नुपर्नेमा जोड दिए । 

यसै क्रममा उनले जीपीके फाउन्डेसन अमेरिकाले गर्दै आएका मानवीय तथा सामाजिक कार्यहरूको उच्च प्रशंसा गरे ।  विशेषगरी कोरोना महामारीको कठिन समयमा स्वास्थ्य सामग्री, खोप, खाद्यान्न तथा विद्यार्थीहरूलाई आवश्यक राहत वितरण गरेर संस्थाले पु¥याएको योगदान सराहनीय रहेको बताउँदै आगामी दिनमा पनि समाजसेवा र नेपालको प्रतिष्ठा बढाउने कार्यलाई निरन्तरता दिन उनले आग्रह गरे । 

कार्यक्रममा बोल्दै फाउन्डेसनका कार्यवाहक अध्यक्ष सुवर्ण लामाले प्रवासमा रहेका नेपालीहरूले सम्बन्धित देशको कानुन, नियम र मर्यादाको पूर्ण पालना गर्नुपर्ने बताए । 

अमेरिकाको कानुनअनुसार गर्न हुने र नहुने विषयमा सबै सचेत हुनुपर्ने उल्लेख गर्दै उहाँले कानुनी शासन र अनुशासनभित्र रहेर सामाजिक तथा मानवीय गतिविधिहरू सञ्चालन गर्न सबैमा अनुरोध गरे । 

साथै, उनले आगामी दिनमा पनि फाउन्डेसन मानवसेवा र सामाजिक उत्तरदायित्व वहन गर्दै समुदायको हितमा अझ प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

सो अवसरमा अमेरिकाका कार्यसमिति सदस्यहरू राजेश आचार्य, सूर्य सिम्खडा, ध्रुव क्षेत्री कुँवर, प्रेम क्षेत्रीका साथै समाजसेवीहरू अक्कल तामाङ, जीवन गुरुङ, सन्तोष भण्डारी लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरूको उपस्थिति थियो ।

View : 24

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved