Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षकसहित तीन पक्राउ

उद्‌घोष संवाददाता
४ साउन २०८३, सोमवार

Advertisement

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका दुई शिक्षक र बस चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूमाथि विद्यालयका विद्यार्थीहरूलाई दुव्र्यवहार गरेको आरोप लागेको छ ।

घटना सार्वजनिक भएपछि विद्यार्थीहरूले प्रदर्शन गरेका थिए । प्रहरीले भने आरोपी तीनैजनालाई नियन्त्रणमा लिइएकोले सामाजिक सञ्जालमार्फत अनावश्यक टिकाटिप्पणी नगर्न आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले घटनामा संलग्नता देखिएका सुन्दरहरैंचा–१० का ४० वर्षीय प्रदिप भट्टराई, सुन्दरहरैंचा–२ का ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैंचा–१२ का ३५ वर्षीय अबिरल मास्केलाई नियन्त्रणमा लिइसकिएको बताए ।

प्रहरीले घटनामा अन्य व्यक्तिको समेत संलग्नता खुले कानुनबमोजिम कारबाही गरिने जनाएको छ ।

साथै, अनुसन्धानलाई असर पुग्ने गरी सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी वा अफवाह नफैलाउन सर्वसाधारणसँग अनुरोध गरेको छ ।

View : 117

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved