झापा । झापाको बिर्तामोड नगरपालिका–५ मा एक युवतीलाई हातखुट्टा र घाँटी बाँधी शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सोमबार राति करिब १०ः३० बजे इलामको रोङ गाउँपालिका–३ घर भई हाल बिर्तामोड–५ मा डेरामा बस्दै आएकी एक युवतीको कोठामा भारतको किशनगञ्ज जिल्ला कदमगाछी थाना पछाडि पर्ने कट्टा ग्रामपञ्चायत घर भई हाल बिर्तामोड–५ इलाम स्टेनस्थित अमृतभोग मिठाई पसलमा काम गर्दै आएका ४२ वर्षीय दिलिप चन्द्र राय प्रवेश गरेका थिए ।
रायले मादक पदार्थ सेवन गरी पेट्रोलसमेत लिएर युवतीको कोठामा प्रवेश गरेको र तन्ना च्यातेर उनको हातखुट्टा तथा घाँटी बाँध्नुका साथै शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोजेको प्रहरीले जनाएको छ ।
घटनाबारे सूचना प्राप्त भएपछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगेर रायलाई नियन्त्रणमा लिएको हो ।
घटनामा घाइते भएकी युवतीलाई उपचारका लागि मनमोहन अस्पताल बिर्तामोड लगिएको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका रायमाथि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
View : 72
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved