Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

काफ्ले बन्धु समाज मोरङमा नवराज

उद्‌घोष संवाददाता
२३ जेठ २०८३, शनिवार

विराटनगर । काफ्ले बन्धु समाज नेपालको अध्यक्षमा विराटनगर–४ का नवराज काफ्ले चयन भएका छन् । 

मोरङको पथरी शनिश्चरेमा सम्पन्न भएको जिल्ला अधिवेशनबाट नवराजको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको हो ।

तारा बहादुर काफ्लेको अध्यक्षतामा आयोजित जिल्ला अधिवेशनबाट समाजको उपाध्यक्षहरूमा टीकाराम काफ्ले र सावित्रा काफ्ले चयन भएका छन् । 

सचिवमा दलबहादुर काफ्ले, सहसचिवमा चुडामणी काफ्ले र कोषाध्यक्षमा नरेन्द्र काफ्ले सर्वसम्मत चयन भएको जनाइएको छ ।

समाजको सदस्यहरूमा थर्कप्रसाद काफ्ले, अम्वेबर काफ्ले, निलमणी काफ्ले, टेकबहादुर काफ्ले र झमक बहादुर काफ्ले चयन भएको जनाइएको छ । 

अधिवेशनमा काफ्ले बन्धु समाजका केन्द्रीय उपाध्यक्ष दुर्गा काफ्लेसहित तोयानाथ काफ्ले, गोपाल काफ्ले, चिरञ्जीवी काफ्ले लगायतको उपस्थिति रहेको जनाइएको छ ।

View : 153

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved