Biratnagar, Morang, Nepal
२१ असोज २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

रचना वाचन तथा विमर्श कार्यक्रम

उद्‌घोष संवाददाता
२० असोज २०८३, मङ्गलवार

Advertisement

विराटनगर । काव्य उद्यान नेपालले आफ्नो पहिलो मासिक रचना वाचन तथा विमर्श कार्यक्रम आइतबार विराटनगरस्थित सत्यनारायण माध्यमिक विद्यालयमा सम्पन्न गरेको छ । 
काव्य उद्यान नेपालका अध्यक्ष भूपाल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारी स्रष्टा समाजकी अध्यक्ष तथा साहित्यकार ममता मृदुल प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् । 
कार्यक्रममा सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवाल र चारु प्रतिष्ठानका अध्यक्ष देवी पन्थीले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा चारु प्रतिष्ठानको ‘चारु’ अंक लोकार्पण तथा साहित्यकार तारक धितालको ‘जोडी कविता’ कृति विमोचन गरिएको थियो । 
साहित्यकार रमेन्द्र कोइरालाले लघुकथाको विशेषता, संरचना तथा लेखनका आधारबारे विमर्श गर्दै छोटो आकारको भए पनि लघुकथामा प्रभावकारी कथ्य र अन्तर्वस्तु हुनुपर्नेमा जोड दिए । 
कार्यक्रममा काव्य उद्यान नेपालका उपाध्यक्ष ऋषि तिवारीले स्वागत मन्तव्य दिएका थिए भने सहसचिव सुशीला प्रसाईं दंगालले सञ्चालन गरेकी थिइन् । सचिव केशव रिजालले संस्थाका चार जना आजीवन सदस्य र एक जना सल्लाहकार सदस्यलाई प्रदान गरिएको प्रमाणपत्र वाचन गरेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष अंशुकुमार गुप्ता, सल्लाहकार भवानी पोखरेल, कुमार श्रेष्ठ, रामप्रसाद भट्टराई, कवि जयन्त प्रधानाङ्ग, प्रेमप्रसाद रिजाल, हीराप्रसाद मण्डल उपस्थिति रहेको थियो । 
त्यस्तै लक्ष्मी युग्मी, लक्ष्मी रायमाझी, मञ्जु घिमिरे दाहाल, सुजाता राई, शरद प्रधानाङ्ग, गोपाल निर्भीक, रेनुका राई, यमुना भट्टराईलगायत साहित्यकार तथा साहित्यप्रेमीको सहभागिता रहेको थियो । 
सहभागी स्रष्टाहरूले आफ्ना रचना वाचन गर्नुका साथै रचनाको विषयवस्तु, शिल्प, शैली र समकालीन साहित्यका विविध पक्षमाथि विमर्श गरेका थिए ।

View : 205

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved