Biratnagar, Morang, Nepal
२४ असोज २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

एमालेले तोक्यो पालिका अधिवेशनको मिति

उद्‌घोष संवाददाता
२३ असोज २०८३, शुक्रवार

Advertisement

विराटनगर । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरूको अधिवेशन मिति तोकेको छ । पार्टी  केन्द्रीय कार्यालय, च्यासलमा बुधबार  बसेको स्थायी कमिटीको बैठकले पार्टीका वडा कमिटीहरूको अधिवेशन आगामी मङ्सिर २६ गते र पालिका तहको अधिवेशन आगामी पुस ४ गते सम्पन्न गर्ने निर्णय गरेको हो । 

बैठकको आरम्भमा पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकबाट वरिष्ठ नेतामा मनोनित भएकी विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी थिइन् । 

बैठकले मङ्सिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरिएको छ । राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष, उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरूको सहभागिता रहने भएको छ ।

पालिका र वडा अधिवेशन सकिएपछि प्रदेशस्तरीय भेला आयोजना गरिने भएको एमाले प्रचार प्रसार विभागले जनाएको छ ।

View : 33

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved