Biratnagar, Morang, Nepal
२५ भदौ २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

उद्‌घोष संवाददाता
२५ भदौ २०८३, बिहिवार

Advertisement

विराटनगर । शिक्षा तथा खेलकुद मन्त्रालयले गठन गरेको पाठ्यक्रम प्रारुप परिमार्जन कार्यदलले विराटनगरमा सुझाव संकलन गरेको छ । 

विराटनगरको एभरेष्ट माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका निर्देशक गोपालनारायण श्रेष्ठले मन्त्रिस्तरीय निर्णय अनुसार गठन भएको कार्यदलले देशभर २८ जिल्लाबाट सुझाव संकलन गर्ने जानकारी दिए ।

उनले विभिन्न १२ वटा क्षेत्रको विषयगत समूहमार्फत कार्यदलले सुझाव संकलन सुरु गरिएको बताए ।

२०८३ बैशाख ११ गतेको मन्त्रिस्तरीय निर्णयबाट विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गर्न कार्यदल गठन भएको थियो । 

पाठ्यक्रम विकास केन्द्रले भौतिक रुपमा उपस्थित भएर मात्रै नभई अनलाइन, ह्वाट्सएप, जुम मिटिङ लगायतका माध्यमबाट पनि सुझाव संकलन गरिरहेको जनाइएको छ ।

कार्यक्रममा सहभागी विराटनगरका सामुदायिक विद्यालयका प्रधानाध्यापक, संस्थागत विद्यालयका संचालक र विद्यार्थीहरू लगायतले पाठ्यक्रम विकाससम्बन्धि आफ्ना सुझाव दिएका थिए । 

कार्यक्रममा कार्यदलका सदस्य प्रमोद भट्ट, पवित्रा लिम्बू, प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष टीकाराम पुरी लगायतको उपस्थिति थियो ।

View : 27

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved