सुन्दरहरैँचा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मोरङको सुन्दरहरैँचा नगर कार्यसमितिको सभापतिमा होमनाथ पोखरेल निर्वाचित भएका छन् ।
आइतबार भएको निर्वाचनमा पोखरेलले २९२ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी हरि पौडेललाई पराजित गरेका हुन् । पौडेलले १८७ मत प्राप्त गरे ।
निर्वाचनमा कुल ४९० मत खसेको थियो । पोखरेलले पौडेललाई १०५ मतान्तरले पराजित गरेका हुन् ।
नगर कार्यसमितिको उपसभापति खुलातर्फ कमल ढुङ्गाना ‘कुन्दन’ २९१ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
उनका प्रतिस्पर्धी रविन दाहालले १७६ मत प्राप्त गरे । महिला उपसभापतितर्फ अमृता लिम्बू २७८ मत प्राप्त गरी निर्वाचित भएकी छन् ।
उनकी प्रतिस्पर्धी धारणा खनालले १९६ मत प्राप्त गरिन् । सहसचिवतर्फ विमला कार्की खड्का २६७ मत प्राप्त गरी निर्वाचित भएकी छन् भने कोमलप्रसाद लुइँटेलले २०२ मत प्राप्त गरे ।
जिल्ला सदस्यतर्फ कृष्णप्रसाद भट्टराई २६५ मत प्राप्त गरी निर्वाचित भएका छन् भने गोपाल कार्कीले १८६ मत प्राप्त गरे ।
View : 38
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved