विराटनगर । विराटनगर–१० स्थित विराट सेवा आश्रममा सोमबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। प्राइम अस्पताल र विराट आँखा अस्पतालको प्राविधिक सहयोग तथा लायन्स क्लब अफ विराटनगर सोसियलको आयोजनामा शिविर सम्पन्न भएको हो।
शिविरमा ५२ जनाले आँखा परीक्षण गराएका छन् भने ५० जनाको मधुमेह (सुगर) जाँच गरिएको छ। आँखा जाँचका क्रममा मोतियाविन्दु पहिचान भएका बिरामीहरूको विराट आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने भएको छ।
कार्यक्रममा बोल्दै विराट आँखा अस्पतालका अध्यक्षले मोतियाविन्दु देखिएका सबै बिरामीहरूको निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको जानकारी दिँदै संस्थाले निरन्तर सामाजिक कार्यलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, विराट सेवा आश्रमका अध्यक्ष खेममणि काफ्लेले आश्रममा यस्ता सेवामूलक तथा परोपकारी कार्यक्रम सञ्चालन गर्न इच्छुक सबै संघ–संस्थाहरूलाई सधैं स्वागत गर्न आश्रम तयार रहेको बताउनुभयो।
आयोजक लायन्स क्लब विराटनगर सोसियलका अध्यक्ष देवकिनन्दन अग्रवालले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत शिविर आयोजना गरिएको स्पष्ट पार्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताउनुभयो। कार्यक्रममा लिलाकुमार ढुङ्गेल, रमेश खत्री लगायत स्थानीय व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।
View : 66
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved