डा नरेन्द्र चापागाईं स्मृति पुरस्कार घोषणा
विराटनगर । डा नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठान विराटनगरले प्रदान गर्ने विभिन्न पुरस्कारका पात्रहरु छनोट गरेको छ । प्रतिष्ठानका अनुसार५१ हजार नगद राशिको डा. नरेन्द्र चापागाईं साहित्य पुरस्कार डा. सुशीला भण्डारीलाई प्रदान गरिने छ ।
यस्तै २५ हजार राशि सहितको डा.नरेन्द्र चापागाईं युवा साहित्य पुरस्कार कवि रोहिणि रसिक र १० हजार १ सय १५ रुपैयाँ नगदसहित नेउपाने सेवा कला सम्मान गायक प्रवलदीप विश्वासलाई दिने निर्णय भएको छ ।
प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईंको अध्यक्षतामा बसेको बैठकले २०८१ सालका पुरस्कारहरू घोषणा गर्दै यही असार २३ गते सोमबार एक समारोहको आयोजना गरेर उक्त पुरस्कारहरू हस्तान्तरण गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव दिङ्लाली कान्छोले जानकारी दिएका छन् ।
View : 708
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved