विराटनगर । आकर्षक उपहार जित्ने प्रलोभन देखाएर चिठ्ठा खेलाई सर्वसाधारणबाट रकम असुल्ने कार्यमा संलग्न एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–११ महेन्द्र चोक बस्ने २५ वर्षीय सुवास राईलाई शुक्रबार अपराह्न पक्राउ गरिएको हो ।
उनले ओसियन डिजिटल सोलुसन प्रालिको नाममा कम्पनी स्थापना गरी विभिन्न आकर्षक इलेक्ट्रोनिक सामग्री चिठ्ठामार्फत पर्ने भन्दै सर्वसाधारणबाट रकम उठाउने गरेको सूचनाका आधारमा प्रहरी टोलीले अनुसन्धान थालेको थियो ।
प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरको संयुक्त टोली परिचालन गरी जाँच गर्दा राई कम्पनीका विभिन्न कागजात र रसिदसहित चिठ्ठा खेलाउँदै गरेको अवस्थामा फेला परेका थिए ।
उनलाई आवश्यक कागजातसहित नियन्त्रणमा लिई चिठ्ठा ऐन, २०२५ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
View : 266
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved