Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

स्थापना दिवसका अवसरमा दीप प्रज्जवलन

उद्‌घोष संवाददाता
११ वैशाख २०८१, मङ्गलवार

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीको हीरक जयन्तीका अवसरमा नेकपा एकीकृत समाजवादीले सोमबार विराटनगरको महेन्द्र चोकमा दीप प्रज्जवलनको कार्यक्रम गरेको छ ।

दीप प्रज्जवलअघि आयोजित कोणसभालाई सम्बोधन गर्दै सो पार्टीका पोलिटब्युरो सदस्य तथा कोशी प्रदेश कमिटी सचिव महेश रेग्मीले कम्युनिष्ट आन्दोलनलाई आजका दिनसम्म ल्याउन योगदान गर्ने संस्थापक नेतालाई विशेष स्मरण गर्नुपर्ने विचार व्यक्त गरे ।

उनले सानो संख्याको प्रयासमा स्थापना भएको कम्युनिष्ट पार्टीले आज विशेष आकार लिएको उल्लेख गर्दै आन्दोलनका क्रममा विचलित भइहाल्नुपर्ने स्थिति नभएको बताए । कोणसभालाई नेकपा एकीकृत समाजवादी मोरङ अध्यक्ष चन्द्रवीर राईलगायतले सम्बोधन गरेका थिए ।

View : 429

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved