विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विराटनगरले आगामी २८औं साधारण सभामा प्रस्तुत गरिने नीति, कार्यक्रम तथा बजेटका सम्बन्धमा शनिबार बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष जीवन काफ्लेले सञ्चालक समितिको तर्फबाट आगामी आर्थिक वर्ष २०८३–८४ को प्रस्तावित अवधारणा पत्र प्रस्तुत गरेका थिए ।
अवधारणा पत्रमाथि उपस्थित करिब एक सय जना अगुवा सेयर सदस्यहरूले आ–आफ्नो धारणा तथा रचनात्मक सुझावहरू व्यक्त गरेका थिए ।
संस्थाले नीतिगत विषयहरूमा स्पष्टता र सुधारका लागि १७ वटा प्रश्नावली तयार गरी सदस्यहरूसँग लिखित तथा मौखिक राय–सुझाव संकलन गरेको थियो ।
भेलामा प्रस्तुत प्रारम्भिक अनुमान अनुसार, आर्थिक वर्ष २०८३–८४ मा संस्थाको कुल सम्पत्ति तथा दायित्व ६४ करोड ६९ लाख ५० हजार रुपैयाँ पुर्याउने लक्ष्य तय गरिएको छ ।
त्यसैगरी, आगामी आर्थिक वर्षमा संस्थाको कुल आम्दानी ४ करोड २३ लाख १७ हजार रुपैयाँ र कुल खर्च ४ करोड १३ लाख ३६ हजार रुपैयाँ हुने प्रारम्भिक वित्तीय प्रक्षेपण प्रस्तुत गरिएको छ ।
अन्तरक्रियाबाट प्राप्त सुझावहरूलाई परिमार्जन गरी आगामी २८औं साधारण सभामा अन्तिम स्वीकृतिका लागि पेस गरिने संस्थाले जनाएको छ ।
View : 154
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved