Biratnagar, Morang, Nepal
२६ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

मोरङमा चालक–सहचालकको लापसे मापसे चेकजाँच

उद्‌घोष संवाददाता
२६ साउन २०८३, मङ्गलवार

Advertisement

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सवारी चालक र सहचालकहरूको लागु पदार्थ सेवन र मादक पदार्थ सेवन गरे–नगरेको चेकजाँच तीब्र पारेको छ ।

सोमबार नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी र जिल्ला प्रहरी कार्यालय मोरङसहित इलाका प्रहरी कार्यालय नेमुवा र ट्राफिक प्रहरी पोष्ट नेमुवा मोरङको अगुवाईमा नेमुवा चोकमा ४५ वटा सवारी साधनमाथि चेकजाँच गरिएको जनाइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेले चालक–सहचालकहरूमाथि चेकजाँच गरी सवारी साधनमा सवार यात्रुहरूलाई समेत ट्राफिक नियमका बारेमा प्रशिक्षण प्रदान गरिएको बताए ।

कोशी लोकमार्गमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ४५ वटा सवारी साधनलाई चेकजाँच गरिएकोमा शंकास्पद १६ जना चालक तथा सहचालकहरूको लापसे जाँच गरिएको न्यौपानेले बताए । 

उनीहरूमध्ये चार जनाले लापसे सेवन गरेको र एक जनाले मापसे गरेको पाइएको न्यौपानेले बताए । 

लापसे मापसे गरी लापरवाहीपूर्वक सवारी साधन चलाउने चालक सहचालकहरूमाथि आवश्यक अनुसन्धानसहित कारवाहीका लागि इलाका प्रहरी कार्यालय नेमुवामा बुझाइएको जनाइएको छ ।

View : 37

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved