Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

घर निर्माण प्रदर्शनी :

आधुनिक वास्तु परामर्श दिंदै वास्तु कन्सल्टेन्सी

उद्‌घोष संवाददाता
१६ चैत २०८२, सोमवार

विराटनगर । घर निर्माण तथा व्यवस्थापनमा सौन्दर्यभन्दा वास्तु विज्ञानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।

वास्तुशास्त्र क्षेत्रमा स्थापित भइसकेकी विराटनगरकी रोज धाडेवाले परम्परागत रूपमा प्रयोग हुँदै आएको आठ क्षेत्रको अवधारणाभन्दा फरक, अहिले ‘१६ जोन’ मा आधारित वैज्ञानिक विश्लेषणमार्फत घरको दिशा, ऊर्जा र संरचना अध्ययन गरी उपयुक्त परामर्श दिंदै आएकी छन् ।

उनका अनुसार स्याटेलाइट र गुगल म्यापको सहायताले घरको वास्तविक डिग्री निकालेर त्यसअनुसार घरको वास्तविक दिशा निर्धारण गरिन्छ । 

यस प्रक्रियालाई ‘एक्स–रे रिपोर्ट’ जस्तै मानेर घरभित्रका त्रुटि पत्ता लगाइन्छ । गलत दिशामा रहेका प्रवेशद्वार, शौचालय, भान्सा वा शयनकक्षका कारण आर्थिक, स्वास्थ्य तथा पारिवारिक समस्या उत्पन्न हुने भएकाले त्यसको समाधानका लागि उचित परामर्श दिंइदै आएको उनले बताइन् ।

धन स्थानमा शौचालय भए आम्दानी टिक्न नसक्ने, दक्षिण–पूर्वमा गडबडी भए विवाद र मुद्दा बढ्ने तथा गलत दिशाले स्वास्थ्य समस्या निम्त्याउने बताइन् । 

यस्ता समस्यामा सानो सुधारमार्फत तोडफोड नगरी समाधान गरिने जानकारी दिइन् ।

नयाँ घर निर्माणका क्रममा माटो परीक्षण र ऊर्जा जाँचलाई पनि महत्वपूर्ण मानिएको छ । 

फरक–फरक प्रयोजनका लागि फरक प्रकृतिको जमिन उपयुक्त हुने भएकाले माटोको गलत प्रयोगले दुर्घटना वा विवाद निम्त्याउन सक्ने उनको भनाइ छ ।

यसका साथै घरका सदस्यहरूको कुण्डलीका आधारमा घरका विभिन्न संरचना, रंग, दिशा तथा अन्य सुझावहरू समेत गरिने जनाइएको छ ।

यस क्षेत्रमा निरन्तरको अध्ययन अनुसन्धान गरी महावास्तुमा आचार्य गरेकी धडेवाले अहिलेसम्म चार सय बढी वास्तुसम्बन्धि समस्याको सफलतापूर्वक समाधान गरिसकेको बताइन् । 

उनले व्यक्तिका आवासीय भवन, उद्योग, फार्मेसी, ज्वेलरी तथा आवासीय भवनहरू लगायतका दर्जनौं भवन संरचनामा गरिएको परामर्शबाट सकारात्मक नतिजा देखिएको दाबी गरिन् ।

हालसम्म घरमै सेवा दिंदै आएकी उनले पहिलोपटक घर निर्माण प्रदर्शनीको स्टल नम्बर डी–३२ बाट सार्वजनिक रूपमा आफ्नो सेवाबारे सार्वजनिक रुपमा जानकारी गराइरहेको बताइन् ।

View : 187

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved