Biratnagar, Morang, Nepal
२ भदौ २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

पाँच वटा संसदीय समितिको बैठक बस्दै

२ भदौ २०८३, मङ्गलवार

Advertisement

काठमाडौं । आज पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । 

मंगलबार कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो । 

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ः३० बजे बस्ने भएको हो । बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदन “A Brief Technical Report on Addressing Human–Wildlife Conflict in Nepal: A National Strategy for Conflict Management, Mitigation and Coexistence” माथि छलफल, हुने छ । 

यसैगरी, बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा १। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) र यसले भोग्नुपरेका समस्याका विषयमा छलफल हुने छ ।

बिहान १०ः३० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मदन पुरस्कार गुठीको स्थलगत अवलोकन तथा विविध विषयमा छलफल हुने छ ।

यसैगरी, बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठमा सरकारद्वारा नियुक्त हुने निकायका पदाधिकारीमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने सम्बन्धमा छलफल हुने कार्यसूची छ । 

विधायन व्यवस्थापन समितिको बैठक ११ः३० बजे बस्ने भएको छ ।

View : 21

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved