Biratnagar, Morang, Nepal
२६ फागुन २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

रोट्र्याक्ट क्लब र विराट नर्सिङ होमबीच सम्झौता

उद्‌घोष संवाददाता
२६ फागुन २०८२, मङ्गलवार

विराटनगर । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा रोट्र्याक्ट क्लब अफ विराटनगर सेन्ट्रलले स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने उद्देश्यले विराट नर्सिङ होमसँग समझदारी गरेको छ ।

रोट्र्याक्ट डिस्ट्रिक्ट ३२९२ अन्तर्गत आयोजित उक्त कार्यक्रममा रोट्र्याक्ट क्लब अफ विराटनगर सेन्ट्रल र विराट नर्सिङ होमबीच औपचारिक रूपमा सम्झौता भएको हो । 

सम्झौतापछि रोटरी तथा रोट्र्याक्टसँग आबद्ध सदस्यहरूले विराट नर्सिङ होममा विभिन्न स्वास्थ्य सेवाहरूमा विशेष सहुलियत प्राप्त गर्नेछन् ।

क्लबकी अध्यक्ष अन्किता श्रेष्ठले महिला दिवसको अवसरमा गरिएको यस्तो सहकार्यले स्वास्थ्य सेवामा पहुँच बढाउनुका साथै सामाजिक सेवामा थप ऊर्जा मिल्ने बताइन् । 

उनले रोट्र्याक्टले समाजमा सकारात्मक परिवर्तन ल्याउने विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् । 

कार्यक्रममा रोटरी तथा रोट्र्याक्टका पदाधिकारी, सदस्यहरू तथा विराट नर्सिङ होमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

View : 34

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved