Biratnagar, Morang, Nepal
२६ फागुन २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा नरेशकुमार साह निर्वाचित

उद्‌घोष संवाददाता
१७ पुष २०८२, बिहिवार

विराटनगर  । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) प्राध्यापक संघ केन्द्रीय समितिको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा नरेशकुमार साह सभापति पदमा विजयी भएका छन् ।

बिहीबार विराटनगरमा सम्पन्न निकै प्रतिस्पर्धात्मक निर्वाचनमा पूर्व सभापति समेत रहेका साहले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई मात्र १ मतको अन्तरले पराजित गर्दै नेतृत्व सम्हालेका हुन् ।  

कुल १४० मतदाता रहेको संघमा १३३ मत खसेको थियो। सभापतिमा विजयी साहले ४५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी नवीन लामिछानेले ४४ मत पाए ।

यस्तै, अन्य प्रत्यासीहरू भूपेन्द्र बाह्रकोटीले २९ र निरजकुमार मिश्रले १५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

 निर्वाचनबाट उपसभापति, महासचिव, सचिव र कोषाध्यक्ष पदमा पनि नयाँ अनुहार निर्वाचित भएका छन् । उपसभापतिमा दृष्टि वस्ती ५३ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धीहरू जीवन थापाले ४६ र शंकरप्रसाद दाहालले ३४ मत प्राप्त गरे ।

महासचिवमा प्रसन्न दाहाल ८६ मतसहित ठूलो मतले विजयी भएका छन् ।  उनका प्रतिद्वन्द्वी दुर्गाप्रसाद बाँस्तोलाले ४७ मत प्राप्त गरे ।

सचिवस्मा पुकार चौधरी ७३ मत प्राप्त गरी विजयी भए भने  उनकी प्रतिस्पर्धी दीक्षा पौडेलले ६० मत प्राप्त गरिन् । 

कोषाध्यक्षमा प्रमिला सिन्हा ६९ मत ल्याएर निर्वाचित भएकी छन् । उनको प्रत्यासी अविनाशकुमार मण्डलले ६३ मत प्राप्त गरे ।

पूवि प्राध्यापक निर्वाचन समितिका संयोजक मनोजकुमार हलवाईका अनुसार निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको थियो। निर्वाचन सम्पन्न गर्न हलवाईको संयोजकत्वमा कृष्ण दाहाल र दीपककुमार खतिवडा सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

नयाँ नेतृत्वले विश्वविद्यालयको प्राज्ञिक उन्नयन र प्राध्यापकहरूको पेशागत हकहितका लागि प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ।

May be an image of text

                                                                          पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय समितिको निर्वाचनका उम्मेदवारहरूMay be an image of one or more people, dais and text

                                                      सभापतिका चार प्रत्यासीहरू 

 

 

View : 587

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved