विराटनगर । नेपालको प्रजातान्त्रिक आन्दोलनमा त्यागको संघर्षले चिनिएका पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको आदर्शले लोकतन्त्र अझै बलियो बनाउने भन्दै विश्वविद्यालयमा उनको सम्झना गरिएको छ ।
पूर्वप्रधानमन्त्री स्वर्गीय अधिकारीको आर्दशले नेपालको लोकतान्त्रिक आन्दोनलाई अझै बलियो बनाउने भन्दै मनमोहन प्राविधिक विश्वविद्यालयले उनको आर्दशलाई सम्झना गरेको हो ।
सोमवार मोरङको बुढीगंगा गाउँपालिका–४ हात्तीमुढास्थित मनमोहन प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पूर्वप्रधानमन्त्री तथा आदर्श नेता स्वर्गीय मनमोहन अधिकारीको १०६ औ जन्मजयन्तीको अवसरमा समाजसेवी, सांसद ,राजनीतिज्ञ, पदाधिकारी कर्मचारी र विद्यार्थीहरूले उनको योगदानको सम्मान गर्दै आदर्शको सम्झना गरेका हुन ।
विश्वविद्यालयका संरक्षण समिति सदस्य जीवन घिमिरेले देशमा लोकतन्त्रको उदय गराएर असल शिक्षा र संस्कारसहित समृद्धितर्फ लैजानमा पूर्वप्रधानमन्त्री अधिकारीको उल्लेखनीय योगदान रहेको बताए ।
कोशी प्रदेशका सांसद लीलाबल्लभ अधिकारीले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी कुनै एउटा पार्टीको नभएर देशका सबै नागरिकहरूका लागि अनुशासन र आदर्शको प्रेरणा भएकोले उनको आदर्श सबैले अनुकरण गर्नुपर्नेमा जोड दिए ।
पूर्वाञ्चल विश्वविद्यालयका सिनेट सदस्य विनोद ढकालले मनमोहन प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता रहेको र उनीहरूकै त्यागको जगले आजको संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त हुनसकेको हो भने ।
राजनीतिज्ञ महेश रेग्मीले स्वर्गीय मनमोहन अधिकारी आफ्नो त्यागपूर्ण आर्दशको कर्मले चिनिएको नेपाली राजनीतिका असल अगुवा भएको बताउँदै समाजिक न्याय र शिक्षाक्षेत्रमा आफ्नो नेतृत्वमा उल्लेख्य काम गर्न मनमोहन सफल भएको दाबी गरे ।
१०६ औ जन्मजयन्तीको अवसरमा संरक्षण समिति सदस्यहरू सत्यनारायण चौधरी, राजन केसी, मुकेश उपाध्यायसहित विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेल, रजिष्ट्रार डा किशोर अधिकारी, डिन डा रेखा श्रेष्ठ लगायतले स्वर्गीय मनमोहन अधिकारीको प्रतिमामा माल्यार्पण गरेका थिए ।
सोही अवसरमा विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।
मनमोहन प्राविधिक विश्वविद्यालयले रोपेका विरूवा हुर्काउने जिम्मा लिन लगाएर वृक्षरोपण गराएको छ ।
मोरङको बुढीगंगा गाउँपालिका–४ हात्तीमुढा स्थित केन्द्रीय कार्यालयमा पूर्वप्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको १०६ औं स्मृति दिवसको अवसरमा रोपेका विरूवा हुर्काउने जिम्मेवारी बोध गराउन अतिथि, पदाधिकारी, कर्मचारीहरूलाई आ–आफ्नो नाममा जिम्मा लिन लगाएर सामुहिक वृक्षरोपण गराएको हो ।
विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ संकायले आयोजना गरेको सो वृक्षरोपण कार्यक्रममा अतिथि र कर्मचारीहरूले आ–आप्mनो नाममा आफूले रोप्न चाहेको विरूवा जिम्मा लिएर विभिन्न जातका करिब दुई सय विरूवा बृक्षरोपण गरेका थिए ।
डिन कार्यालयका प्रशासन प्रमुख महेश राईका अनुसार विरूवा जिम्मा लिएर वृक्षरोपण गरेका अतिथि कर्मचारीहरूले आ–आप्mनो नामको विरूवा हुर्काउन समय–समयमा मलजल भए नभएको ख्याल राख्नुपर्नेछ ।
हुर्किएका विरूवामा गोद (जिम्मा) लिनेहरूका ठूलो भएपछिसम्म नाम लेखर राखिनेछ ।
बर्सेनि वृक्षरोपण भैरहने तर रोपेका विरूवाहरू हुर्काउन चासो कम हुने भएकोले जिम्मेवारी सहितको अपनत्व बसाउन जिम्मा लिन लगाएर विश्वविद्यालयले सामुहिक वृक्षारोपण गराएको हो ।
View : 66
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved