विराटनगर । तेह्रथुमको फेदाप गाउँपालिका–१ सिम्लेस्थित चारवटा टोलका आगलागी पीडितहरूलाई राहत सामग्री प्रदान गरिएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था
म्याङ्लुङ शाखाको सहयोगमा मइन्तपा, टाहारी, बाजोगारा, रातमाटे र बयारबुङका अग्निपीडितलाई सिरक डसना र सिरानी लगायतका लत्ताकपडा प्रदान गरिएको हो ।
वन क्षेत्रबाट फैलिएको आगो बस्तीमा फैलिँदा गत आइतबार चारवटा गाउँका ११ घर पूर्ण रुपमा जलेका थिए ।
चैत ४ गते आइतबार दिउँसो भएको आगलागीबाट स्थानीय चक्र बहादुर भण्डारी, पर्शुराम राई, कृष्ण बहादुर घतानी, आश्विन कुमार राई, धन प्रसाद राई, कल्पना राई, सुकवीर राई, जय कुमार घतानी, मन प्रसाद राई, जयमान राई र मनबहादुर थापाको घर पूर्ण जलेको थियो ।
स्थानीय समाजसेवी छत्रप्रसाद रिमालको पहलमा आगलागी पीडितहरूलाई फेदाप–१ का वडाध्यक्ष मनबहादुर श्रेष्ठले राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
View : 700
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved