Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सभापति लिम्बुको संयोजकत्वमा मोरङ कांग्रेसले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन समिति

सभापति लिम्बुको अध्यक्षतामा बसेको उक्त बैठकले भर्खरै सम्पन्न भएको कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय सभापति गगन थापासहितका पदाधिकारीहरूलाई स्वागत गर्ने निर्णय गरेको प्रवक्ता मण्डलले बताए ।
उद्‌घोष संवाददाता
१३ माघ २०८२, मङ्गलवार

विराटनगर । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितिले ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

सभापति डिगबहादुर लिम्बूको अध्यक्षतामा सोमबार पार्टी कार्यालयमा बसेको बैठकले सभापति लिम्बूकै संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको जिल्ला कार्यसमितिका सहसचिव एवं प्रवक्ता भुवनेश्वर मण्डलले जानकारी दिए ।

निर्वाचन परिचालन समितिमा मोरङ जिल्ला कार्यसमिति, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, प्रदेश निर्वाचन क्षेत्रका क्षेत्रीय सभापतिहरू, पालिका सभापति, भ्रातृ संघका सभापतिहरू रहने जनाइएको छ ।

बैठकले जिल्ला उपसभापति भक्तिनाथ माझीको संयोजकत्वमा १५ सदस्यीय अनुगमन समितिसमेत गठन गरेको छ । उक्त समितिले चुनाव परिचालनका क्रममा देखिएका कमीकमजोरी पहिचान गर्ने र कार्यकर्ता परिचालनको निगरानी गर्ने जनाइएको छ ।

सभापति लिम्बुको अध्यक्षतामा बसेको उक्त बैठकले भर्खरै सम्पन्न भएको कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय सभापति गगन थापासहितका पदाधिकारीहरूलाई स्वागत गर्ने निर्णय गरेको प्रवक्ता मण्डलले बताए ।

उनले कांग्रेस महामन्त्री एवं मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गुरुराज घिमिरेसहित मोरङ जिल्लाबाट निर्वाचित केन्द्रीय सदस्यहरू र भर्खरै कोशी प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएका भीम पराजुली, मानबहादुर लिम्बू र शोभा चेम्जोङलाई बधाईसमेत ज्ञापन गरेको जानकारी दिए ।

View : 272

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved