विराटनगर । आन्तरिक विवादपछि रोकिएको नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ को चुनाव शुक्रबार हुने भएको छ ।
क्षेत्रीय समितिको निर्वाचन सम्बन्धी कामको संयोजन गर्न पार्टी केन्द्रले मोरङ जिल्ला समितिका सहसचिव सञ्जय मण्डललाई जिम्मेवारी दिएपछि पुनः निर्वाचनको मिति तोकिएको हो ।
संयोजक मण्डलका अनुसार शुक्रबार मोरङको बूढीगंगा गाउँपालिकाको बाँसबारीस्थित राजवंशी खवास सामुदायिक भवनमा शुक्रबार बिहान ७ बजेदेखि निर्वाचन प्रक्रिया शुरु हुने छ ।
बुधबार मोरङको सुन्दरहरैंचा हुने भनिएको चुनावी कार्यक्रम आन्तरिक लफडापछि रोकिएको थियो । चुनाव प्रक्रिया शुरु नहुँदै त्यहाँ कुटपिट हुँदा क्षेत्रीय सभापतिका दावेदार चुमनरायण तवदारलगायत घाइते भएका थिए ।
संयोजक मण्डलको नेपाली कांग्रेस केन्द्रीय समितिले मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशन गराउने जिम्मेवारी आफूलाई दिएकोमा केन्द्रीय समिति तथा नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितिप्रति आभार व्यक्त गरेका छन् ।
मण्डलले अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न क्षेत्रका सबै नेता तथा कार्यकर्तासँग सहयोगको अपेक्षा गरेको बताएका छन् ।
उनले भनेका छन्, ‘नेपाली कांग्रेस केन्द्रीय समितिले मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशन गराउने जिम्मेवारी मलाई दिनुभएकोमा केन्द्रीय समितिका साथै जिल्ला कार्यसमितिप्रति हार्दिक आभार व्यक्त गर्दछु । साथै अधिवेशन सफल बनाउनका लागि सबै नेता तथा कार्यकर्ता साथीहरूसँग सहयोगको अपेक्षा गर्दछु ।’
View : 37
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved