विराटनगर । विराटनगरमा जारी विराट ट्रेड फेयरमा हिमगिरी हाइजिन लिमिटेडले विभिन्न आकर्षक अफरसहित आफ्ना उत्पादन बिक्रीमा राखेको छ । कम्पनीले मेलामा घरायसी सरसफाइ तथा स्वच्छतासम्बन्धी ७० भन्दा बढी प्रकारका उत्पादन प्रदर्शनी तथा बिक्रीका लागि राखेको छ ।
विराटनगरमा स्थापित हिमगिरी हाइजिनले मेलामा औरा ब्रान्डका टिस्यु पेपर, नुहाउने साबुन, सेनिटाइजर, लुगा धुने साबुन, डिटर्जेन्ट तथा कस्तुरी अगरबत्तीलगायतका सामग्री उपलब्ध गराएको छ । कम्पनीले भान्सा तथा घरायसी प्रयोजनका सामग्रीमा मेला अवधिभर विभिन्न छुट तथा उपहार योजना सञ्चालन गरेको जनाएको छ ।
कम्पनीका प्रतिनिधि अखिलेश दासका अनुसार ग्राहकलाई आकर्षित गर्न विभिन्न उत्पादनमा छुट तथा उपहारका योजना ल्याइएको छ । केही सामग्री दुईवटा खरिद गर्दा एउटा निःशुल्क उपलब्ध गराउने व्यवस्था पनि गरिएको उनले बताए ।
‘हाम्रा उत्पादन उपभोक्ताले रुचाउँदै आउनुभएको छ । मेलामा विभिन्न सामानमा आकर्षक अफर राखेका छौँ,’ दासले भने, ‘केही उत्पादन दुईवटा किन्दा एउटा निःशुल्क पाइने व्यवस्था छ । यसले ग्राहकलाई सामान खरिद गर्न थप सहज भएको छ । ’घरघरमा हिमगिरी’ भन्ने नारासहित अघि बढिरहेको कम्पनीले गुणस्तरीय उत्पादन उपभोक्तामाझ पुर्याउने र उचित मूल्यमा दैनिक प्रयोगका सामग्री उपलब्ध गराउने लक्ष्य राखेको छ ।
View : 45
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved