Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

मेडिकल एशोसिएसनको शुभकामना आदानप्रदान

उद्‌घोष सम्वाददाता
२१ असोज २०८१, सोमवार

नेपाल मेडिकल एशोसिएसन कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा  स्वागत नृत्य प्रस्तुत गर्दै नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर शिखा श्रेष्ठ । तस्वीर : नवीन कर्ण/उद्घोष

विराटनगर । नेपाल मेडिकल एशोसिएसन (एनएमए) कोशी प्रदेशले चाडपर्वको अवसरमा शुभकामना आदानफ्रदान कार्यक्रम गरेको छ ।  आइतबार आयोजना गरिएको कार्यत्रममा २ सय बढी चिकित्सकहरु सहभागी भएका छन् ।

कार्यक्रमका सहभागी चिकित्सकहरुले एकअर्कालाई शुभकामना आदानफ्रदान गर्नुका साथै सांस्कृृतिक कार्यक्रममा गरेर रमाइलोसमेत गरेका थिए । कार्यत्रममा मेडिकल शिक्षा अध्ययनरत छात्राहरुले नृत्यसमेत प्रस्तुत गरेका थिए । सो अवसरमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा शिखा श्रेष्ठले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा विराटनगरको स्मृति ब्याण्डका कलाकारहरुले आफ्नो प्रस्तुति प्रदर्शन गरेका थिए ।

कोशी प्रदेशकी स्वास्थ्य सचिव  राधिका थपलिया, कोशी अस्पतालकी मेडिकल सुपरीटेण्डेन्ट डा रुना झा र न्यूरो अस्पतालका मेडिकल डाइरेक्टर डा नवीन कर्णलाई सम्मान समेत गरिएको थियो । एनएमएका कोशी अध्यक्ष डा राजेन्द्र चौधरीले उनीहरुलाई सम्मान गरेका थिए ।

View : 138

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved