विराटनगर । विश्व आदिवासी दिवस एवं तेस्रो नगर अधिवेशनले नेपाल आदिवासी जनजाति महासंघ विराटनगरको नगर समन्वय परिषद् सचिवालयमा नौ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ । अध्यक्ष बाहेक अन्य पदमा पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।
अध्यक्षका लागि नेपाल तामाङ घेदुङबाट विष्णुकुमारी तामाङ र नेवाः देय दवुबाट सुनिलकुमार श्रेष्ठबीच निर्वाचन भएको थियो । सो अधिवेशनमा विराटनगरमा सूचीकृत भएका १८ जातिमध्ये १४ जातिको सहभागिता रहेको थियो ।
१४ जातिका एक÷एक प्रतिनिधि मतदानमा सहभागी भएका थिए । जसअनुसार विष्णुकुमारी तामाङ १२ मत प्रँप्त गरीे विजयी भएकी थिइन् ।
सचिवालयको उपाध्यक्षमा क्रमशः विष्णुकुमारी राई (किराँत राई यायोक्खा), सञ्जयकुमार मण्डल (नेपाल धानुक समाज), श्यामकुमार गुरुङ(तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्) चयन भएका छन् । त्यस्तै सचिवमा पूर्ण भुजेल (भुजेल समाज सेवा समिति) चयन भएका हुन् ।
त्यसैगरी सहसचिवमा क्रमशः विणा जिमी याक्खा (किराँत याक्खा छुम्मा), मुलुकचन्द राजवंशी (राजवंशी समाज विकास समिति), भद्रबहादुर समाल मगर(नेपाल मगर संघ) चयन भएका छन् भने कोषाध्यक्षमा टीकाप्रसाद लिम्बू (किराँत याक्थुङ चुम्लुङ) रहेका छन् ।
बाँकी रहेका सूचीकृत जातीय संस्थाको तर्फबाट स्वतः परिषद् सदस्य रहने छन् ।
अधिवक्ता जयकुमार श्रेष्ठको संयोजकत्वमा धु्रवकुमार तामाङ र बालकुमारी लिम्बूको तीन सदस्यीय निर्वाचन समितिले जनजाति महासंघ विराटनगरको सचिवालयमा नौ सदस्यीय पदाधिकारी निर्वाचित भएकोे घोषणा गरेको थियो ।
सो अवसरमा उत्कृष्ट कला र नृत्य प्रदर्शन गर्ने टोलीलाई मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।
सम्मनित हुनेमा उराँव नाच टोली, चुम्लुङद्वारा प्रस्तुत केलाङ नाच, नेवाः देय दवुद्वारा प्रस्तुत धिमे बाजा र लाखे नाच परेका थिए ।
३२ औं विश्व आदिवासी दिवसलाई सम्बोधन गर्दै महासंघ १ नं. प्रदेश समन्वय परिषद्का अध्यक्ष धु्रवकुमार लिम्बूले आदिवासी भनेको प्रकृतिको रक्षा गर्ने जाति भएको धारणा व्यक्त गरे । उनले आदिवासीभित्र राजनीति नगर्न पनि आग्रह गरे ।
विराटनगर समन्वय परिषद्का अध्यक्ष सुरेश सिंह गनगाईंको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विराटनगर महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, किराँत राई यायोक्खाका सल्लाहकार भूराज राई, चुम्लुङका संघीय सल्लाहकार नारायण याक्सो लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
View : 83
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved