Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

पान विराटनगरको आयोजनामा निरन्तर मूल्याङ्कन प्रणाली प्रशिक्षण

उद्‌घोष संवाददाता
९ चैत २०८२, सोमवार

Advertisement

विराटनगर । प्रिन्सिपल एशोसिएशन अफ नेपाल (पान) विराटनगर महानगर समितिको आयोजनामा निरन्तर मूल्याङ्कन प्रणालीसम्बन्धी प्रशिक्षक कार्यशाला सम्पन्न भएको छ । 

पोखरिया माध्यमिक विद्यालयको सभाहलमा आइतबार आयोजित प्रशिक्षण गोष्ठीमा पाठ्यक्रम विकास केन्द्रका विज्ञ डा. रमेश अवस्थी, निमा फाउन्डेसनका मोहन सिंह र जानकी शर्माले सहजीकरण गरेका थिए । 

प्रशिक्षणमा विराटनगर महानगरपालिका अन्तर्गतका करिब ५० विद्यालयका शिक्षकहरूको सहभागिता रहेको जनाइएको छ ।

गोष्ठीमा एकीकृत पाठ्यक्रम अन्तर्गत कक्षा १ देखि ३ सम्म लागू भएको निरन्तर मूल्याङ्कन प्रणालीका विषयमा शिक्षकहरूलाई जानकारी गराइएको हो ।

पान विराटनगरका अध्यक्ष तथा पोखरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा पान कोशी प्रदेश समितिका अध्यक्ष विश्वर राईले प्रशिक्षणले कक्षा कोठामा कार्यान्वयन भइरहेको एकीकृत पाठ्यक्रम तथा मूल्याङ्कन प्रणालीमा देखिएका चुनौती समाधान गर्न महत्वपूर्ण सहयोग पुर्याउने बताए ।

अध्यक्ष भट्टराईले गैरराजनीतिक संस्थाका रुपमा पानलाई अघि बढाउँदै विराटनगर महानगरपालिकाभित्रका प्रधानाध्यापक तथा शिक्षकहरूको पेशागत र नेतृत्व क्षमता अभिवृद्धि गर्न केन्द्रीत रहने बताए । 

उनले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा आफ्नो टिम केन्द्रीत रहेको बताए । 

कार्यक्रममा मोरङ पानका अध्यक्ष तथा साजिलाल माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्ले लगायत पान विराटनगर समितिका पदाधिकारी र विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो ।

View : 392

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved