Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

नृत्योपासनाको वार्षिक मूल्याङ्कनमा सवै सफल

उद्‌घोष संवाददाता
१७ जेठ २०८३, आइतवार

विराटनगर । विराटनगरको शनिहाटमा सञ्चालित नृत्य प्रशिक्षण विद्यालय (नृत्योपासना) का विद्यार्थीहरूको वार्षिक मूल्याङ्कन पूरा भएको छ । मुल्याङ्कनका आधारमा सवै विद्यार्थीहरू उत्तीर्ण भएका छन् । 

मूल्याङ्कनपश्चात सवै विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको हो । 

नृत्योपासनामा प्रशिक्षण लिरहेका प्राथमिकदेखि पाँचौं वर्षसम्मका कुल ६ वटा ब्याचका विद्यार्थीको वार्षिक मूल्याङ्कन गरिएको हो । उत्तीर्ण सवै विद्यार्थी अब अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

विद्यार्थीहरूलाई भरत नाट्यम विधामा भारतको चेन्नाईबाट स्नातकोत्तर पूरा गरेकी नृत्योपासना विराटनगरकी सञ्चालिका एवं प्रशिक्षक सन्तोष निधि राठीले प्रशिक्षण दिंदै आएकी छन् । 

नृत्योपासना विराटनगरमा शास्त्रीय संगीतका विभिन्न रागमा नृत्य प्रशिक्षण हुँदै आएको उनले जानकारी दिइन् ।

View : 83

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved