Biratnagar, Morang, Nepal
२ भदौ २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
वातावरण

विराटनगरमा चर्को घाम, तर यी ठाउँमा भारी वर्षाको सम्भावना

उद्‌घोष संवाददाता
२ भदौ २०८३, मङ्गलवार

Advertisement

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा उत्तरतिर र पूर्वमा सरदर स्थानको आसपास रहेको छ ।

हाल देशभर साधारणतया बादल लागेको छ । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा तथा कोशी, बागमती र गणडकी प्रदेशका एकरदुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी र बागमती प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

View : 40

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved