विराटनगर । नेकपा एमालेका अग्रज नेता तथा सामाजिक व्यक्तित्व गोपाल पाण्डेको निधन भएको छ ।
विराटनगर–१० निवासी पाण्डे राजनीतिका साथै सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका थिए । उनको आइतबार निधन भएको जनाइएको छ ।
स्वर्गीय पाण्डे अरनिको बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका वर्तमान् सचिव समेत हुन् । उनी एमालेको पूर्व सचिवालय सदस्य भएर राजनीतिक काम गरेका थिए ।
२०५४ सालको स्थानीय तह निर्वाचनमा उनी तत्कालिन वडा नम्बर १३ को वडा सदस्यमा समेत निर्वाचित भएका थिए ।
स्वर्गीय पाण्डेको पार्थिव शरिरलाई आइतबार साँझ हाटखोलास्थित विश्रान्ति धाममा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
View : 59
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved