Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सीमामा कुकुर सहितको जाँच

उद्‌घोष सम्वाददाता
१३ कार्तिक २०८०, सोमवार

विराटनगर : झापाको भद्रपुरस्थित सीमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीद्वारा कडाइका साथ चेकजाँच सुरू गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व लक्षित सुरक्षा योजना अनुसार सीमावर्ती इलाकाहरूमा प्रहरी परिचालन गरी तालिम प्राप्त कुकुरसहित कडाइका साथ चेकजाँच गरिदै आएको छ । 

शनिबार बिहानदेखि भद्रपुर नगरपालिका–५ स्थित मेचीपुल तथा आसपासका क्षेत्रमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोली तथा दुईवटा तालिम प्राप्त कुकुर सहितको चेकिङ टोलीले सीमा नाकामा आवतजावत गर्ने सवारी साधन तथा सशंकित मानिसहरूलाई चेकजाँच गर्दै आइरहेको बताइएको छ ।

कोशी प्रदेश अन्तरगत रहेका मुख्य सीमा नाकासहित अन्य सीमा नाकाहरू तथा आसपासको सीमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसारपसार, बिष्फोटक पदार्थ तथा अन्य आपराधिक गतिविधि नियन्त्रणको लागि कुकुरसहितको प्रहरी चेकिङ टोलीले निरन्तरूपमा कडाइका साथ चेकजाँच गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

View : 288

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved