विराटनगर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मोरङ जिल्ला स्तरीय छनोटमा विराटनगरस्थित काइजेन जुडो डोजोका नौ जना खेलाडी छनोट हुन सफल भएका छन् ।
जिल्ला छनोटमा सफलता हासिल गर्ने खेलाडीहरूमा ४८ केजी तौल समूहमा पुनम रायो, ५२ केजीमा एसीका खड्का, ५७ केजीमा साइना चौधरी, ६३ केजीमा मिन्सा लावती र ७० केजीमा उमङ्ग राजवंशी रहेका छन् ।
त्यस्तै, ७८ केजी तौल समूहमा तानिया मेहतर र स्वस्तिका चौलागाईं, ६० केजीमा लक्ष्मी राजवंशी तथा ८१ केजीमा रोहन राजवंशी छनोट भएका छन् ।
विराटनगर काइजेन जुडो डोजोकी प्रशिक्षक सुजता बस्नेतले खेलाडीहरूको मेहनत, अनुशासन, लगनशीलता र निरन्तर अभ्यासका कारण यो सफलता प्राप्त भएको बताइन् । उनले नौ जना खेलाडी जिल्ला छनोटमा पर्न सफल हुनु डोजोका लागि गौरवको विषय भएको उल्लेख गर्दै आगामी प्रदेशस्तरीय छनोटमा समेत उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन् ।
विभिन्न चुनौतीका बाबजुद प्रशिक्षक बस्नेतले खेलाडीहरूलाई निःशुल्क जुडो प्रशिक्षण दिँदै आएकी छन् । सीमित स्रोतसाधनका बीच खेलाडीहरूको क्षमता विकासमा निरन्तर योगदान दिँदै आएकी बस्नेतको प्रशिक्षणमा खेलाडीहरूले हासिल गरेको यस उपलब्धिलाई महत्वपूर्ण सफलताका रूपमा हेरिएको छ ।
जिल्ला छनोटमा सफलता हासिल गरेका खेलाडीहरूले आगामी प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितासम्म पुग्ने लक्ष्य लिएका छन् ।
View : 63
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved