Biratnagar, Morang, Nepal
१८ भदौ २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

निवृत्त राष्ट्रसेवकको अनुभव सदुपयोग गर्न जोड

उद्‌घोष संवाददाता
१७ भदौ २०८३, बुधवार

Advertisement

विराटनगर ।  निवृत्त राष्ट्रसेवक समाज महानगर समिति विराटनगरको आयोजनामा आज (बुधबार) यहाँ ऐतिहासिक  निवृत्तिभरण दिवस भव्य रूपमा मनाइएको छ।

विराटनगरस्थित हलेसी मन्दिर हलमा आयोजित कार्यक्रममा पूर्व प्रहरी, शिक्षक तथा पूर्व सैनिकहरूको उल्लेखनीय सहभागिता थियो।

 

नगर समितिका अध्यक्ष मनोहर (घरेलु) भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले निवृत्त कर्मचारीहरू राष्ट्रका अमूल्य गहना भएको बताउँदै राज्यले उनीहरूको सीप र अनुभवको उचित सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

साथै, पेन्सनप्रति सरकारको दृष्टिकोण सधैँ सकारात्मक रहनुपर्ने माग पनि गरियो।

कार्यक्रममा समाजका केन्द्रीय सदस्यद्वय बिन्देश्वर श्रेष्ठ र केशव ढकाल लगायतका वक्ताहरूले निवृत्तिभरण (पेन्सन) अधिकारको संरक्षण र निरन्तरताबारे मन्तव्य राखेका थिए ।

 समारोहमा हालैको बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा  मौनधारण गरी शोक व्यक्त गर्नुका साथै विपदमा सहयोग पुर्‍याउने प्रतिबद्धता जनाइएको जानकारी केन्द्रीय सदस्य खेममणि काफ्लेले दिए ।

View : 203

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved