Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

जेसी बाल सदनका विद्यार्थी दीक्षित

जेसी बाल सदनका विद्यार्थी दीक्षित

विराटनगर । विराटनगर–१३ स्थित जेसी बाल सदन माध्यमिक विद्यालयले पूर्व प्राथमिक तह तथा आधारभूत तह उत्तीर्ण गरेका विद्यार्थीहरुलाई एक समारोहका बीच दीक्षित गरेको छ । सो विद्यालयले कक्षा १ र नौ अध्ययनरत ९५ विद्यार्थीलाई दीक्षित गरेको हो । 

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले दीक्षित विद्यार्थीहरूलाई बधाइ दिदै बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरूको इच्छा र क्षमतालाई दृष्टिगत गरी पढाइका साथै अतिरिक्त क्रियाकलापमा सम्लग्न गराउनु पर्ने विचार व्यक्त गरे । विराटनगर जेसिसका अध्यक्ष प्रीतेषराज दाहालले जेसी बालसदनले स्थापनाकालदेखि विद्यालय शिक्षाको क्षेत्रमा महत्वपूर्ण कार्य गरेको र यसलाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।  

विद्यालयका प्रधानाध्यापक तुलसीप्रसाद दुलाल, निर्देशक सेवक बजगाईं,  संयोजक अनुज दाहाल, सहायक प्रधानाध्यापक नगेन्द्र भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराज ढकालले  जेसी बाल सदनले बालबालिकाको शैक्षिक विकास तथा अतिरिक्त क्रियाकलापमा हुने सहभागितालाई सधै उच्च प्राथमिकताका साथ महत्व दिएर काम गरिरहेको प्रष्ट्याए । 


 

View : 669

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved