Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

भारद्वाज ऋषिको शालिक अनावरण

उद्‌घोष संवाददाता
११ जेठ २०८१, शुक्रवार

विराटनगर । निरौला बन्धु सेवा समाज विराटनगर शाखाले निर्माण गरेको भारद्वाज ऋषि र निरौला बंशावलीका लेखक भीमप्रसाद निरौलाको शालिकको बिहीबार एकैसाथ अनावरण गरिएको छ ।

उभौली पर्वको अवसरमा विराटनगर–१ पुष्पलालचोकस्थित निरौला बन्धु बाटिकामा आयोजित गोठ पूजा कार्यक्रममा निरौला बन्धु सेवा समाजका केन्द्रीय अध्यक्ष लक्ष्मीप्रसाद निरौला, पूर्व केन्द्रीय उपाध्यक्ष रामप्रसाद निरौला, समाजका विराटनगर शाखाका अध्यक्ष तीर्थराज निरौला लगायतले संयुक्त रुपमा ती दुवै  शालिकको अनावरण गरेका हुन् ।

निरौला बन्धु समाजका पदाधिकारी तथा सदस्यहरुले संकलन गरेको रकमबाट निरौला बन्धु बाटिका हाताभिक्र शालिक निर्माण गरिएको थियो । सो कार्यत्रममा झापा, मोरङ,सुनसरीलगायत विभिन्न जिल्लाका निरौला बन्धु सेवा समाजका पदाधिकारी तथा सदस्यहरुको सहभागिता  थियो ।

View : 449

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved