Biratnagar, Morang, Nepal
६ जेठ २०८१, आइतवार
+977 21 450305, 515728, 578305
अन्तर्राष्ट्रिय

बङ्गलादेशमा रेल दुर्घटना, मर्नेहरूको सङ्ख्या १५ पुग्यो

रासस
६ कार्तिक २०८०, सोमवार

ढाका, ६ कात्तिक : बङ्गलादेशमा सोमबार दुई वटा रेल एकापसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । बङ्गलादेशको किशोरगञ्ज जिल्लामा दुर्घटना भएको जिल्ला अतिरिक्त प्रहरी उपरीक्षक मोस्ताक सरकारले जानकारी दिनुभयो ।

बन्दरगाह सहर चट्टोग्रामतर्फ गइरहेको कन्टेनर रेल दिउँसो करिब साढे ३ बजे ढाका गइरहेको एगरोसिन्धुर एक्सप्रेससँग ठोक्किएको थियो ।

 “भग्नावशेषबाट अहिलेसम्म १५ वटा शव बाहिर निकालिएको छ”, सरकारले भन्नुभयो । उहाँका अनुसार दुर्घटनामा एगरोसिन्धुर एक्सप्रेसका कयौँ डिब्बा पल्टिँदा करिब एक सय जना घाइते भएका छन् । उहाँले मर्नेहरूको सङ्ख्या अझै बढ्ने आशङ्का गर्नुभयो ।

अधिकारीहरूका अनुसार जीवित अधिकांश यात्रीहरूलाई चोट लागेको छ र उनीहरूलाई अस्पताल पुर्याइएको छ । सयौँ स्वयंसेवक र स्थानीय बासिन्दा अग्निशमनकर्ताहरूसँग सहभागी भएर भग्नावशेषमा फँसेका मानिसलाई बचाउन सक्रिय भएका थिए ।

View : 36

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved