Biratnagar, Morang, Nepal
९ भदौ २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

टंकिसिनवारी खानेपानीमा कृष्णबहादुर केसी विजयी

उद्‌घोष संवाददाता
८ भदौ २०८३, सोमवार

Advertisement

विराटनगर ।  मोरङको बूढीगंगा–३ नेमुवास्थित टंकिसिनवारी खानेपानी तथा सरसफाइ सामुदायिक संस्थाको सञ्चालक समितिकाृ अध्यक्षमा कृष्णबहादुर केसी विजयी भएका छन् ।

आइतबार भएको निर्वाचनबाट  १,२४६ मत प्राप्त गरी अध्यक्षमा केसी विजयी भएका हुन् । उनका  निकटतम प्रतिस्पर्धी भूवनेश्वर मण्डलले १,०७१ मत प्राप्त गरे । 


कुल ४ हजार ४ सय ४२ मतदाता रहेको संस्थामा २ हजार ७ सय ७१ मत खसेको थियो ।

१५ सदस्यीय कार्यसमितिका लागि ३ जना महिला सदस्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेको र २ जना पछि मनोनीत गरिने भएकाले बाँकी १० पदका लागि २६ जना चुनावी मैदानमा उत्रिएका थिए ।

निर्वाचनको अन्तिम नतिजा अनुसार उपाध्यक्षमा १,४९९ मतसहित चण्डीप्रसाद रेग्मी विजयी भए भने उनकी प्रतिस्पर्धी मुनामाया वाग्लेले ४६४ मत प्राप्त गरिन्  ।

त्यस्तै सचिवमा १,३८७ मत ल्याएर कञ्चन न्यौपाने विजयी हुँदा राजनकुमार केसीले ६२१ मत पाप्त गरे ।
 

कोषाध्यक्षमा गोकुलनाथ मण्डल राजवंशी १,४३८ मतका साथ विजयी बने भने प्रतिस्पर्धी प्रेमचन्द्र थारूले ५६८ मत प्राप्त गरे । 

 

खुल्ला सदस्य पदतर्फ अर्जुनबहादुर बोगटी (८७९ मत), अन्जय खुलाल (७६३ मत), कोषराज सिग्देल (६६५ मत) र सञ्जीव यादव (५९९ मत) विजयी भए ।

 

सदस्यका अन्य प्रतिस्पर्धीहरूमा खिलाबहादुर थापाले ५४१, अजय थापा मगरले ३६५, धनेश्वर राजवंशीले ३४७, देवकुमारी निरौलाले ३१३, मो. हकमुदिनले ३०६, धु्रव आचार्यले २८२, अशोक ठाकुरले २८६, नजामुद्दिन मियाँले २८५, मो. समिम मियाँले २११ र मोहरम मियाँले २०३ मत प्राप्त गरे । 

यसैगरी लेखा समिति संयोजकमा जोनसन माझी १,०७९ मत प्राप्त गरी निर्वाचित भए भने उनका प्रतिस्पर्धी मकरबहादुर बुढाथोकीले ६४५ मत पाए ।

 लेखा सदस्यमा वेदप्रसाद पोखरेल ७४७ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी पूर्णबहादुर केसीले ६५४ मत प्राप्त गरेका छन् ।

View : 156

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved