Biratnagar, Morang, Nepal
१३ असार २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

‘सहकारीमा तरलता व्यवस्थापन र व्यवसायिकताको अभाव मुख्य चुनौती’

उद्‌घोष संवाददाता
१३ असार २०८३, शनिवार

Advertisement

विराटनगर ।   ‘सहकारी क्षेत्रमा देखा परेका समस्या, चुनौती र सुरक्षित भविष्यका सुधारका आयामहरू’ विषयक अन्तरक्रिया कार्यक्रम शनिबार विराटनगरमा सम्पन्न भएको छ । 


राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेश पोखरेलले सहकारी क्षेत्रमा हाल देखिएको मुख्य समस्या तरलता (तरलता परिचालन) को रहेको बताए ।

 

उनले सहकारीका शेयर सदस्यहरूमा व्यवसायिकताको अभाव हुनु, देशमा व्यावसायिक वातावरणको कमी हुनु र स्वयं संस्थाहरूभित्रै उद्यमशीलताको कमी हुनुले गर्दा सहकारीमा तरलताको समस्या बढेको धारणा राखे ।

साथै, उनले सहकारी क्षेत्रमा दक्ष जनशक्तिको समेत अभाव रहेको औंल्याए ।

 

सहकारी प्रशिक्षक सूर्य रिमालले सहकारी संस्थाहरूको सञ्चालनमा शेयर सदस्यहरूको निष्क्रियताले पनि समस्या निम्त्याइरहेको बताए ।

उनले सदस्यहरूको सक्रिय सहभागिता बिना सहकारी संस्थाले गति लिन नसक्नेमा जोड दिए ।

 

कार्यक्रममा आयोजक संस्था राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीवन काफ्ले र ओम सुवेदीलगायतले सहकारीको वर्तमान अवस्था, चुनौती र सुधारका लागि गर्नुपर्ने सामूहिक प्रयासका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

मोरङका विभिन्न सहकारीका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको सो कार्यक्रमले सहकारी क्षेत्रलाई सुरक्षित र सबल बनाउन मद्दत पु¥याउने अपेक्षा गरिएको छ ।
 

View : 64

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved