Biratnagar, Morang, Nepal
१२ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

कप्तानगञ्ज बजारसहित पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु

उद्‌घोष संवाददाता
११ साउन २०८३, सोमवार

Advertisement

विराटनगर । सुनसरीको कप्तानगञ्जमा युवाहरुको दुई समुहबीच भएको झडप र प्रहरीको गोली चल्दा एक युवकको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु आदेश जारी गरेका हुन् ।

देवानगञ्ज बजार, भुटाहा बजार, कप्तानगञ्ज बजार, एघुवा बजार र देवानगञ्ज बजार क्षेत्रका तोकिएका सीमाभित्र कर्फ्यु लागू गरिएको हो ।

कर्फ्यु अवधिमा तोकिएको क्षेत्रभित्र कुनै पनि व्यक्तिलाई हिँडडुल गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्ना गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ । आदेश उल्लंघन गर्नेलाई एक हजार रुपैयाँसम्म जरिवाना, एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने प्रशासनले चेतावनी दिएको छ ।

गएराती कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्रालाई लिएर युवाहरुको दुई समुहबीचको विवाद उग्र बनेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु परेको थियो । गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ ।

घटनामा घाइते भएका सर्वसाधारण र प्रहरी गरी एक दर्जनभन्दा बढीको उपचार भइरहेको छ ।

View : 68

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved