Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

हेलिकप्टर दुर्घटना अपडेट : मृतकको शव परीक्षण थालियो

उद्‌घोष संवाददाता
२४ साउन २०८१, बिहिवार

काठमाडौँ, २४ साउन । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ । 

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण थालिएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले राससलाई जानकारी दिए ।

उक्त दुर्घटनामा एक नेपाली तथा चार चिनियाँ नागरिकको मृत्यु भएको थियो । 

हेलिकप्टरका क्याप्टेन अरुण मल्लको शव परीक्षण गरी परिवारको जिम्मा लगाउने तयारी छ ।

चिनियाँ नागरिकको शव परीक्षणका लागि यहाँस्थित चिनियाँ राजदूतावाससँग समन्वय भइरहेको व्यवस्थापक पण्डितले जानकारी दिए ।  रासस
 

View : 298

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved