Biratnagar, Morang, Nepal
१४ असोज २०८३, बुधवार
+977 21 450305, 515728, 578305
शिक्षा

रोटरी क्लब विराटनगरद्वारा २ सय विद्यार्थीलाई पोशाक वितरण

उद्‌घोष संवाददाता
१३ असोज २०८३, मङ्गलवार

Advertisement

विराटनगर । रोटरी क्लब विराटनगरले विराटनगर–११, धरणीधर चोकस्थित अरुणोदय आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरेको छ ।

क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयमा अध्ययनरत बालविकास (ईसीडी) देखि कक्षा ८ सम्मका २ सय जना विद्यार्थीलाई पोशाक प्रदान गरेको हो ।


एक विशेष समारोहका बीच आयोजित कार्यक्रममा विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, रोटरी क्लब विराटनगरका अध्यक्ष शिव अधिकारी, उपाध्यक्ष दिनेश गर्तौला, सचिव ननदीप अग्रवाल तथा वरिष्ठ सल्लाहकार बेनीगोपाल मुन्दडाले विद्यार्थीहरूलाई पोशाक हस्तान्तरण गरेका थिए ।


त्यसैगरी पूर्वअध्यक्षद्वय शिवरतन जोशी र सीएम रिजाल, ममता लम्साल, रोट्रयाक्टका निश्चिता अभिनन्दन तथा पतञ्जली योग समिति कोशी प्रदेशकी सचिव शोभा कोइराला लगायतले पनि विद्यार्थीहरूलाई पोशाक वितरण गर्दै उनीहरूको शैक्षिक सफलताको शुभकामना व्यक्त गरे ।


विपन्न तथा न्यून आय भएका समुदायका बालबालिका अध्ययनरत यस विद्यालयमा पोशाक पाएपछि विद्यार्थी र अभिभावकहरू उत्साहित देखिएका छन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जीवन कोइरालाले रोटरी क्लबको  मानवीय तथा परोपकारी कार्यप्रति  धन्यवाद ज्ञापन गर्दै यस्ता सहयोगले विद्यार्थीको नियमितता र आत्मबल बढाउन ठूलो मद्दत पुग्ने बताए ।
 

View : 100

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved