विराटनगर । विराट फुटसल च्याम्पियनसिप- २०८३ असार ६ गते हुने भएको छ । मन्जिना फाउन्डेसनको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा च्याम्पियनसिपको तेस्रो संस्करण विराटनगरस्थित जाम्बोरे फुटसल कोर्टमा हुने भएको हो ।
तेस्रो संस्करणको च्याम्पियनसिपको बारे जानकारी दिँदै आयोजक मन्जिना फाउन्डेसनका अध्यक्ष जतिन ताम्राकारले च्याम्पियनसिपमा मोरङका ६ वटा टिमहरूको सहभागिता रहने बताए ।
उनले मोरङका सुन्दरहरैंचा, केराबारी, बेलबारी, बुढीगंगा, विराटचोक र विराटनगर गरेर ६ वटा टिमको सहभागिता रहने जानकारी दिए ।
ताम्राकारले पछिल्लो समय युवा पुस्तामा लोकप्रिय खेल फुटसलको प्रचार र युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा उजागर गर्ने च्याम्पियनसिप उपयुक्त अवसर हुने अनुभव गर्दै फाउन्डेसनले प्रतियोगिता आयोजना गर्दै आएको बताए ।
प्रतियोगितामा विजेतालाई ट्रफी, मेडलसहित २५ हजार नगद र उपविजेतालाई ट्रफी, मेडलसहित १५ हजार पुरस्कार रहने घोषणा गरिएको छ भने नकआउट विधिमा सञ्चालन हुने प्रतियोगिताका सम्पूर्ण खेल एकै दिन सम्पन्न हुनेछ ।
View : 158
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved