Biratnagar, Morang, Nepal
७ असोज २०८३, बुधवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगरका आनन्द मारु अखिल भारतवर्षीय माहेश्वरी महासभाको संयुक्तमन्त्री निर्वाचित

उद्‌घोष संवाददाता
६ असोज २०८३, मङ्गलवार

Advertisement

विराटनगर । नेपाल माहेश्वरी परिषद्का मूल सदस्य आनन्द मारु अखिल भारतवर्षीय माहेश्वरी महासभाको पूर्वाञ्चल संयुक्तमन्त्री पदमा निर्वाचित भएका छन् । 

अखिल भारतवर्षीय माहेश्वरी महासभाको पूर्वाञ्चल संयुक्तमन्त्रीमा निर्वाचित भएका मारुलाई माहेश्वरी महिला मञ्च विराटनगरले बधाई तथा शुभकामना दिएको छ ।

मञ्चकी अध्यक्ष शीतल बाहेती र सचिव अर्चना तापडियाले संयुक्त रूपमा शुभकामना सन्देश जारी गर्दै निर्वाचनले समाजप्रतिको विश्वास, समर्पण र सेवाभावलाई प्रतिबिम्बित गरेको बताएका छन् ।

उनीहरूले नवनिर्वाचित संयुक्तमन्त्रीको कुशल नेतृत्व र सक्रिय सहभागिताले समाजलाई नयाँ ऊर्जा र दिशा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

साथै, आगामी कार्यकाल सफल रहोस् भन्दै निरन्तर समाजसेवामा समर्पित रहन शुभकामना दिएका छन् ।

View : 49

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved