Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

आइतबारदेखि सुरु हुने भोजपुर गोल्डकपको तयारी पूरा

उद्‌घोष संवाददाता
५ वैशाख २०८३, शनिवार

भोजपुर । आइतबारदेखि सुरु हुने भोजपुर गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । नवौँ संस्करणका रूपमा सुरु हुने प्रतियोगितामा नेपालका आठ समूहको सहभागिता रहने छ ।

प्रतियोगिता सञ्चालनका लागि खेल तालिम सार्वजनिक गरिएको आयोजक जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए ।

भोजपुर नगरपालिका-७ स्थित रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले रु ३० लाखको प्रायोजन गरेको छ ।

योसँगै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष सुवालले आज जानकारी दिए ।

वैशाख ६ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गतको पहिलो खेल आइतबार सशस्त्र प्रहरी बल (एपिएफ) नेपाल र एलएक्स सिटी मोरङबीच हुने आयोजक संस्थाले जनाएको छ ।

पहिलो चरणको खेल वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ । वैशाख ७ गते आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ र सङ्खुवासभा-११, वैशाख ८ गते सातदोबाटो युथ क्लब ललितपुर र केपिलासगढी गाउँपालिका, खोटाङ र वैशाख ९ गते प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौँ र द गोर्खाज फुटबल क्लब, उदयपुरबीच हुनेछ ।

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः रु पाँच लाख र रु तीन लाख प्राप्त गर्नेछन् ।

अन्य व्यक्तिगत विधातर्फ सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यसैबीच, यही वैशाख १७ देखि २० गतेसम्म आठौँ महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । भोजपुर नगरपालिकाको प्रायोजनामा जिल्ला फुटबल सङ्घले प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

View : 108

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved